रास्वपाको २० सदस्यीय टोली चीन प्रस्थान
काठमाडौँ, कात्तिक २९ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा २० सदस्यीय प्रतिनिधिमण्डल १० दिने भ्रमणका लागि आज चीन प्रस्थान गरेको छ ।
चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) को निमन्त्रणामा चीन गएको टोलीले भ्रमणका क्रममा सुशासन, आर्थिक विकास, सार्वजनिक सेवा प्रवाह तथा संस्थागत क्षमता अभिवृद्धिलगायत विषयमा छलफल गर्ने कार्यक्रम रहेको छ ।
रास्वपाका प्रवक्ता जगदीश खरेलका अनुसार भ्रमणलाई नेपाल र चीनबीचको आपसी समझदारी, राजनीतिक संवाद तथा विकास सहकार्य थप सुदृढ बनाउने अवसरका रूपमा लिइएको छ ।
भ्रमण टोलीमा रास्वपाका सांसदहरू गणेश पराजुली, हरि ढकाल, कविन्द्र बुर्लाकोटी, लिमा अधिकारी आचार्य, समीक्षा बास्कोटा, सागर ढकाल, सुशान्त वैदिक, रीमा विश्वकर्मा, रमेशकुमार सापकोटालगायत १९ जना सहभागी हुनुहुन्छ ।
२०८३ कात्तिक २९ गते आइतवार १२:३९ बजे प्रकाशित























