"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

बूढीगण्डकीमा लगानी गर्न यूएईलाई नेपालको प्रस्ताव

काठमाण्डौ । नेपालले बूढीगण्डकी जलविद्युत् आयोजनामा लगानी गर्न संयुक्त अरब इमिरेट्स (यूएई) लाई प्रस्ताव गरेको छ ।

यूएई भ्रमणमा रहनुभएका गृहमन्त्री सुधन गुरुङ र त्यहाँका वैदेशिक व्यापारमन्त्री डा। थानी बिन अहमद अल जेयोदीबीच आबुधाबीमा भएको भेटवार्तामा नेपालले यस्तो प्रस्ताव गरेको हो ।

भेटमा कृषि, सेवा क्षेत्रको विकास, द्विपक्षीय व्यापार, लगानी तथा सुरक्षा प्रविधिमा सहकार्यका विषयमा समेत छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

नेपालले प्रस्ताव गरेका परियोजनामा औपचारिक छलफल गरी आवश्यक प्रक्रिया अघि बढाउन दुवै पक्ष सकारात्मक रहेको जनाइएको छ ।

२०८३ कात्तिक २९ गते आइतवार १२:४९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु