"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

छठ पर्वमा सोमबार पनि सार्वजनिक बिदा

काठमाडौँ, कात्तिक २७ गते । सरकारले छठ पर्वको अवसरमा सोमबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

गृह मन्त्रालयले आइतबार सूचना जारी गर्दै छठ पर्वका अवसरमा सोमबार (कात्तिक ३० गते) सार्वजनिक बिदा दिने जनाएको हो ।

छठ पर्वअन्तर्गत आइतबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिइन्छ भने सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर पर्वको समापन गर्ने परम्परा छ ।

गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले छठ पर्वको अवसरमा सोमबारसमेत सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिनुभएको छ ।

२०८३ कात्तिक २७ गते शुक्रवार १५:०६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु