"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

रवि लामिछानेद्वारा मटिहानी र जलेश्वरका मन्दिरमा पूजापाठ

महोत्तरी, कात्तिक २९ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आइतबार बिहान महोत्तरीको मटिहानीस्थित लक्ष्मीनारायण मन्दिर र जलेश्वरनाथ महादेव मन्दिरमा पूजापाठ गर्नुभएको छ ।

छठपूजाका लागि जनकपुर पुग्नुभएका लामिछाने जनकपुरबाट धनुषाको मुसहरनिया हुँदै मटिहानी पुग्नुभएको थियो । त्यहाँ मटिहानी नगरपालिकाका नगरप्रमुख हरिप्रसाद मण्डललगायतले उहाँलाई स्वागत गर्नुभएको थियो ।

लामिछानेले मटिहानीस्थित लक्ष्मीनारायण मठको अवलोकन गर्नुका साथै मन्दिरमा आरती र पूजापाठ गर्नुभएको नगरप्रमुख मण्डलले जानकारी दिनुभयो ।

त्यसपछि उहाँ जलेश्वरनाथ महादेव मन्दिर पुगेर दर्शन तथा पूजापाठ गरी पुनः जनकपुर फर्किनुभएको रास्वपाका जिल्ला अध्यक्ष शुभमकुमार यादवले जानकारी दिनुभयो ।

२०८३ कात्तिक २९ गते आइतवार १३:०२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु