"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

उपत्यकामा आजदेखि मासुमा स्वस्थताको छाप लगाउन सुरु

काठमाडौँ – सरकारले पशु बधशाला तथा मासु जाँच ऐन कार्यान्वयनमा ल्याएको छ । मंसिर १ गतेदेखि काठमाडौँ उपत्यकाका तीन जिल्लामा मासु परीक्षण गरी स्वस्थ मासुमा छाप लगाउन सुरु गरिएको हो ।

कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले ऐन कार्यान्वयनको सुरुवात गर्नुभएको हो । पहिलो चरणमा कुखुरा, राँगा र खसीको मासु परीक्षण गरी छाप लगाइनेछ ।

ऐन कार्यान्वयनसँगै स्थानीय तहले नियमित अनुगमन तथा निरीक्षण गर्नेछन् । यसबाट मासुको गुणस्तर कायम हुनुका साथै उपभोक्ताको स्वास्थ्य सुरक्षा हुने अपेक्षा गरिएको छ ।

२०८३ मंसिर १ गते मंगलवार १५:५१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु