"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

सुशासनका कारण भन्सार राजस्व सङ्कलन उत्साहजनक – अर्थमन्त्री वाग्ले

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले चालु आर्थिक वर्षको चार महिनामा भन्सार राजस्व सङ्कलन उत्साहजनक रहेको बताउनुभएको छ ।

राष्ट्रिय कर दिवस २०८३ का अवसरमा आयोजित कार्यक्रममा उहाँले सरकारको नीतिगत सुधार र सुशासनका कारण राजस्व सङ्कलनमा सकारात्मक नतिजा देखिन थालेको बताउनुभयो ।

उहाँले कर प्रशासनलाई डिजिटल र स्वचालित बनाउने काम भइरहेको भन्दै कर प्रणालीलाई सरल, सहज र करदातामैत्री बनाइने जानकारी दिनुभयो ।

कार्यक्रममा प्रधानमन्त्रीका सूचना तथा सञ्चार प्रविधि सल्लाहकार विवेक मिश्रले नयाँ करदाता पोर्टल शुभारम्भ गर्नुभयो । सो अवसरमा आन्तरिक राजस्व विभागको वार्षिक प्रतिवेदन र स्मारिका पनि विमोचन गरिएको थियो ।

२०८३ मंसिर १ गते मंगलवार १५:५४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु