"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

नक्कली प्रमाणपत्र पेस गर्ने अनुसन्धान अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाण्डौ – नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर बढुवा तथा पदस्थापन भएको आरोपमा राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान अधिकृत रामबाबु प्रसाद चौधरीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज चौधरीविरुद्ध विशेष अदालत, काठमाण्डौमा आरोपपत्र दायर गरेको हो ।

आयोगका अनुसार चौधरीले सेवा प्रवेश, बढुवा तथा पदस्थापनका लागि बिहार इन्टरमेडिएट एजुकेसन काउन्सिलबाट जारी भएको देखिने आईए तहका नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेका थिए ।

नक्कली प्रमाणपत्रका आधारमा बढुवा तथा पदस्थापन भई राष्ट्रसेवकको ओहदा, लाभ र सुविधा लिएको पुष्टि भएपछि उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

२०८३ मंसिर ३ गते बिहीवार १६:४९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु