"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

बाल हिंसा न्यूनीकरण गर्न नेपालले गर्‍यो सातबुँदे प्रतिबद्धता

काठमाण्डौ – महिला, बालबालिका तथा सामाजिक सुरक्षामन्त्री सीता बादीले फिलिपिन्सको मनिलामा आयोजित बालबालिकामाथि हुने हिंसा अन्त्यसम्बन्धी दोस्रो विश्व मन्त्रीस्तरीय सम्मेलनमा नेपालको तर्फबाट सातबुँदे प्रतिबद्धता प्रस्तुत गर्नुभएको छ ।

मन्त्री बादीले सन् २०२८ सम्म अनलाइन दुर्व्यवहारसहित बालबालिकाविरुद्ध हुने सबै प्रकारका हिंसा अन्त्यका लागि कानुनी तथा नीतिगत व्यवस्था सुदृढ गर्ने प्रतिबद्धता जनाउनुभयो ।

यस्तै, सन् २०३० सम्म देशका ७५३ वटै स्थानीय तहमा बाल संरक्षण संयन्त्र स्थापना गर्ने, बालविवाह रोकथाम गर्ने र जोखिममा रहेका बालबालिकालाई एकीकृत सेवा उपलब्ध गराउने लक्ष्य प्रस्तुत गर्नुभयो ।

नेपालले विद्यालयमा बाल संरक्षणका मापदण्ड लागू गर्दै सन् २०३० सम्म विद्यालयभित्र र वरपर हुने हिंसा कम्तीमा ५० प्रतिशतले घटाउने प्रतिबद्धतासमेत जनाएको छ ।

२०८३ मंसिर २ गते बुधवार १५:४४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु