मलेशिया ठगी प्रकरणमा पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी
काठमाण्डौ – मलेशिया रोजगारीमा जाने श्रमिकमाथि भएको ठगी तथा सङ्गठित अपराध प्रकरणमा पूर्वमुख्यसचिव एकनारायण अर्यालविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
मलेशिया जाने श्रमिकबाट डेढ अर्ब रुपैयाँभन्दा बढी ठगी भएको प्रकरणमा संलग्नता देखिएपछि जिल्ला अदालतले अर्यालविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० को अनुसन्धानमा श्रमिकलाई आर्थिक शोषण गर्ने गिरोहसँग अर्यालको समेत मिलेमतो देखिएको जनाइएको छ ।
यसै प्रकरणमा सीआईबीले हिजो पूर्वश्रममन्त्री शेरबहादुर कुँवर र रामेश्वर राय यादवसहित मन्त्रालयका तत्कालीन सचिव, सहसचिव र उपसचिव गरी ६ जनालाई पक्राउ गरेको थियो ।
प्रहरीका अनुसार गैरकानुनी रूपमा सङ्कलित रकममध्ये ८३ लाख ७० हजार ४३९ अमेरिकी डलर र ३७ लाख १७ हजार ९८० पाउन्ड गरी १ अर्ब ६९ करोड २ लाख २४ हजार रुपैयाँ मलेशिया पठाउने निर्णयमा उनीहरूको संलग्नता रहेको आरोप छ । घटनामा संलग्न अन्य व्यक्तिको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ ।
२०८३ मंसिर ३ गते बिहीवार १६:५३ बजे प्रकाशित























