नेपाललाई २ खर्ब ४० अर्ब सहयोग दिने भारतको घोषणा
काठमाण्डौ – प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई २ खर्ब ४० अर्ब रुपैयाँ विकास सहयोग घोषणा गरेका छन् ।
हैदरावाद हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा मोदीले भोटेकोशी–त्रिशूली बाढीपछिको पुनर्निर्माण तथा दीर्घकालीन विकासका लागि सहयोग घोषणा गरेका हुन् ।
घोषित रकममध्ये १ खर्ब ८४ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण र ५६ अर्ब रुपैयाँ अनुदान हुनेछ ।
मोदीले नेपाल–भारत सम्बन्ध आपसी विश्वासमा आधारित रहेको भन्दै दुवै देशका खुसी र चुनौती साझा रहेको बताएका छन् ।
२०८३ मंसिर ७ गते सोमवार २०:२५ बजे प्रकाशित






















