कोरोना अपडेट स: थप ४६३ जनामा संक्रमण पुष्टि, निको हुनेको संख्या ३ हजार नाघ्यो
काठमाडौं । नेपालमा आज ४ सय ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशका विभिन्न २२ प्रयोगशालामा गरिएको परीक्षणमा आइतबार थप ४६३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यससँगै सङ्क्रमितको कुल संख्या १२ हजार ७ सय ७२ पुगेको छ भने आजै १ सय ७९ जना कोरोना जितेर घर फर्किएका छन् ।
यससँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ३ हजार १३ पुगेको छ । जसमा २ हजार ७ सय ५० पुरुष र २ सय ५५ महिला रहेका छन् ।
२०७७ असार १४ गते आइतवार २०:०४ बजे प्रकाशित























