"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

नेपालमा थपिए १५१३ कोरोना संक्रमित : कुल संख्या ७६ हजार नाघ्यो, दश जनाको मृत्यु

काठमाडौं । देशभर कोरोनाभाइरस संक्रमित १५१३ जना थपिएका छन् । काठमाडौंमा मात्रै ७४७ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै ललितपुरमा ११४ र भक्तपुरमा ७३ जनामा संक्रमण पुष्टि भएको छ । यसैगरी मोरङमा पनि १०१ जनामा संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबारसम्म कोरोना निको हुनेको संख्या ५५ हजार ३७१ पुगेको छ । यस्तै हाल देशभर क्वारेन्टिनमा ६७७८ जना रहेका छन् ।
यस्तै आज

देशभर सक्रिय संक्रमितको संख्या २० हजार ३९६ पुग्यो, आज थपिए १५१३ संक्रमित
हालसम्म कोरोना संक्रमितको कुल संख्या भने ७६ हजार २५८ पुगेको छ । यस्तै देशभर संस्थागत आइसोलेशनमा ९ हजार ६८९ जना रहेका छन् भने होम आइसोलेशन १० हजार ७०७ जना रहेका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा ७३१ जना डिस्चार्ज हुँदा निको हुनेको कुल संख्या ५५ हजार ३७१ पुगेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।
यस्तै आज १० हजार ८९१ जनाको पीसीआर परीक्षण भएको पनि गौतमले बताए ।

यसैबीच बितको २४ घण्टामा देशभर कोरोनाभाइरसबाट थप १० जनाको मृत्यु भएको छ । मृतकमा ३ महिला र ७ पुरुष रहेको उनले बताए । यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ४९१ पुगेको छ । यस्तै देशभर आईसीयूमा २१३ जना रहेका छन् भने भेन्टिलेटरमा ३४ जना रहेका छन् । ५०० बढी संक्रमित रहेको जिल्ला ७ वटा रहेका छन् ।

२०७७ असोज १३ गते मंगलवार १८:५३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु