"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

फेरि राजधानीको फोहोर उठ्न अनिश्चितकालका लागि रोकियो

काठमाडौं । ठेकेदारले बाटो कालोपत्रे नगरेका कारण राजधानीको फोहोर अनिश्चितकालका लागि रोकिएको छ। तीन दिनअघि अल्टिमेटम दिएका स्थानीयले माग पूरा नगरेको भन्दै पुनः फोहोर रोकेका हुन्। मुख(तीनपिप्ले सडक कालोपत्रे गर्नुपर्ने माग गर्दै करिब एक महिनादेखि आन्दोलनरत स्थानीयले काठमाडौँ महानगरपालिकासँग पटकपटक वार्ता गर्दा पनि समस्या समाधान हुन नसकेको भन्दै आइतबारबाट अनिश्चितकालीन रूपमा बन्द गर्ने घोषणा गरेका छन्।

स्थानीय संघर्ष समितिका संयोजक भवनाथ गजुरेलले माग पूरा नभएसम्म कुनै हालतमा फोहोर लैजान नदिने स्पष्ट पारे। उनले भने( ुअब हाम्रो अन्तिम आन्दोलन हो, पटकपटक छलफल गर्दा पनि बाटो नबने पछि अनिश्चितकालीन आन्दोलन गर्नुपरेको हो।ु

२०७९ वैशाख १३ गते मंगलवार २०:२७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु