मेघ गर्जन र हावा हुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना
उपभाेक्ता नेपाल काठमाडौं
जेठ ४, २०७९
काठमाडौ । बुधबार देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशमा र अन्य प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघ गर्जन / चट्याङ, हावा हुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
बिहीबार प्रदेश १, मधेस प्रदेश र बागमती प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागमा आंशिक। देखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, मधेस प्रदेश र बागमती प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघ गर्जन / चट्याङ, हावा हुरीसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।