बालेन शाहले १७ हजार ५५८ मत ल्याउँदा केशव स्थापितले पाए ९ हजार ५६ मत
काठमाडौं । काठमाडौं महानगरपालिकाको जारी मतगणनाको पछिल्लो परिणाम अनुसार मेयरका स्वतन्त्र उमेदवार बालेन्द्र साहले १७ हजार ५५८ मत ल्याएर अग्रता कायमै राखेका छन् ।
नेकपा एमालेका उम्मेदवार केशव स्थापितलाई ९ हजार ५६ मत प्राप्त गरेका छन् भने कांग्रेस उम्मेदवार सिर्जना सिंहले ८ हजार १२८ प्राप्त गरेकी छन् ।
कांग्रेस र एमालेले पाएको मत जोड्दा बालेन्द्रको झण्डै बराबरी हुन आउँछ ।
उपमेयरमा भने सुनिता डंगोल १५ हजार ६७४ मतका साथ फराकिलो मतान्तनरले अगाडि रहेकी छन् । त्यसै गरी ५ हजार १५ मतका साथ नेपापा (एकिकृत समाजवादी) का रामेश्वर श्रेष्ठ दोस्रो स्थानमा रहेका छन् ।
२०७९ जेठ ४ गते बुधवार १८:४८ बजे प्रकाशित





















