काठमाडौंकै नेवार समुदाय सुकुम्बासी छन्, अब हामी सबैलाई लालपूर्जा दिन्छौं: मन्त्री श्रेष्ठ
काठमाडौं। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठले काठमाडौंकै नेवार समुदाय सुकुम्बासी रहेको भन्दै उनीहरुलाई लालपुर्जा दिने प्रक्रिया अघि बढाउने बताएकी बताएकी छन्।
मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै मन्त्री श्रेष्ठले भनिन् ‘तराईमा कमैया प्रथा उन्मुलन भएको २३ वर्ष भयो तर सुन्दापनि अचम्म लाग्छ। यद्यपि, काठमाडौंमा पनि कमैयाको जीवन बिताउने मुलवासी नेवारहरु धेरै छन्। काठमाडौंमा धेरै स्ववासीको घरको लालपुर्जा छैन। अब हाम्रो लक्ष्य ती स्ववासीलाई घरको लालपुर्जा दिनु पनि हो’ उनले भनिन्।
काठमाडौंका स्वबासीको अवस्था भयावह रहेको भन्दै मन्त्री श्रेष्ठले भनिन् ‘बाजेको पालादेखि घर छ तर लालपुर्जा छैन। हाम्रो मन्त्रालयले स्ववासीलाई जग्गाधनी पुर्जा वितरणको प्रक्रियालाई पनि अगाडि बढाउने निर्णय गरेको छ’।
२०८० असार १२ गते मंगलवार २०:२१ बजे प्रकाशित























