"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको १ लाख २२ हजार रुपैयाँ

काठमाडौंं। नेपाली बजारमा बिहिबार  सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । सुनको मूल्य तोलाको १ लाख २२ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुन तोलाको १ लाख २० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । आज तोलामै १ हजार ३ सय रुपैयाँ बढेको हो ।

यस्तै, चाँदीको मूल्य पनि आज तोलामा १५ रुपैयाँले बढेको छ । हिजो तोलाको १ हजार ४ सय ७५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १ हजार ४ सय ९० रुपैयाँ तोकिएको छ ।

२०८० पुस १२ गते बिहीवार १९:३८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु