"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

रुसी सेनामा भर्ती भएका एक नेपाली युवकको मृत्यु

काठमाडौं । रुसी सेनामा भर्ती भएका एक नेपाली युवकको मृत्यु भएको छ ।

रुस–युक्रेन युद्धमा लमजुङको दूधपोखरी गाउँपालिका–१ घामर चोकमा घर भएका ३२ वर्षीय साजन गुरुङको मृत्यु भएको खबर प्राप्त भएको वडाध्यक्ष दुर्गामान गुरुङले जानकारी दिए ।

रोजगारीका लागि रुसी सेनामा पुगेका गुरुङको मृत्यु भएको खबर पाँच दिन अघिमात्र परिवारलाई प्राप्त भएको हो ।

उनका अनुसार मृतक गुरुङसँगै रुसी सेनामा पुगेका साथीहरुले जर्मनीमा रहेका उनका भाइ कुमार गुरुङलाई उक्त खबर पठाएका थिए । भाइ कुमारले दाइको मृत्युको खबर घर पठाएपछि परिवारले पुस २९ गते क्रियाकर्म समेत गरिसकेको उनले बताए ।

२०८० माघ २ गते मंगलवार १७:५६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु