दुर्गा प्रसाईंमाथि मञ्चमै मुक्का प्रहार
पोखरा । ‘नेपालीहरूको मुक्तिको लागि अन्तिम लडाइँ’ कार्यक्रमको लागि बागलुङ आएका दुर्गा प्रसाईँमाथि मुक्का प्रहार भएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार बागलुङ नगरपालिका-७ का ३७ वर्षीय रामकान्त गौतमले प्रसाईँ मञ्चमा उक्लने क्रममा मुक्का हानेका हुन् ।
प्रसाई माथी हातपात गर्ने ३७ वर्षका रामकान्त गौतमलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी निरीक्षक वसन्तबहादुर भुजेलले जानकारी दिए ।
उनी माथी किन हातपात गरिएको हो, त्यसका बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ।
२०८० माघ ४ गते बिहीवार १८:३९ बजे प्रकाशित























