स्याङ्जालाई कालीगण्डकी कोरिडोरबाट जोड्न आवश्यक छ : उपप्रधानमन्त्री सिंह
वालिङ । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले स्याङ्जालाई कालीगण्डकी कोरिडोरबाट जोड्न आवश्यक रहेको बताएको छन । स्याङ्जाको प्रसिद्ध धार्मिक स्थल गह्रौँसुर मन्दिरको दर्शनपछि बोल्नुहुँदै उपप्रधानमन्त्री सिंहले दोहोरो रूपमा कालीगण्डकी कोरिडोर मार्फत जोड्न सकिने बताएको हो ।
उनले भने, “पाल्पाको रामपुरबाट चापाकोट, वालिङ हुँदै पर्वत जोड्न सकिन्छ ।” सडकलाई जोड्न आफूले पहल गर्ने उपप्रधानमन्त्री सिंहको प्रतिबद्धता समेत व्यक्त गर्नु भयो। स्याङ्जाको विकासलाई कोरिडोरले जोड्न अपरिहार्य रहेको उनको भनाइ छ ।
नेपालमा धार्मिक पर्यटनको राम्रो सम्भावना रहेको भन्दै उपप्रधानमन्त्री सिंहले यसको विकासमा सरकारले काम गरिरहेको बताए। धर्म,संस्कार र संस्कृति नेपालको पहिचान भएको सिंहको भनाइ छ ।
स्याङ्जाको कालीगण्डकी–७ मा रहेको मिर्मी बहुमुखी क्याम्पसमा सञ्चलन हुन लागेको धार्मिक महायज्ञको उद्घाटन गर्न जिल्ला आएका उपप्रधानमन्त्री सिंहले गह्रौँकालिका मन्दिरको भ्रमण गरेको हो ।
२०८१ मंसिर २२ गते शनिवार १७:१६ बजे प्रकाशित




















