"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

धनगढीका मेयर हमाल अस्वस्थ, उपचारका लागि दिल्ली रेफर

धनगढी। धनगढी उपमहानगरपालिकामा मेयर गोपाल हमाल स्वास्थमा समस्या देखिएको छ ।

शुक्रबार अचानक स्वास्थ्यमा समस्या आएपछि हमाल धनगढीको माया मेट्रो अस्पताल भर्ना भएका थिए तर उनको उपचार त्यहाँ सम्भवः नहुने देखिए पछि अस्पतालले तुरून्तै नयाँ दिल्लीका लागि रेफर गरेको हो ।

मेयर हमाल निकट पारिवारिक स्रोतहरूका अनुसार उनको मस्तिष्कको नसामा समस्या देखिएपछि आईसीयूमा राखेर न्यूरोलोष्टि डाक्टर हरि पौडेलको टीमले उपचार गरिरहेको थियो । तर, त्यहाँ उपचार सम्भवः नदेखिए पछि नयाँ दिल्ली पठाइएको हो ।

चिकित्सक पौडेलका अनुसार उनको मष्तिकको एउटा नसामा समस्या देखिए पनि अवस्था जटिल भने त्यति जटिल भने छैन् ।

२०८१ मंसिर २२ गते शनिवार १७:११ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु