"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

सेवाग्राहीसँग २० हजार रुपियाँ घुस लिएको आरोपमा नायव सुब्बाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । जिल्ला प्रशासन कार्यालय, महोत्तरीमा नायब सुब्बा पदमा कार्यरत अशोक कुमार यादवविरुद्ध सेवाग्राहीसँग २० हजार रुपियाँ घुस लिएको आरोपमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार यादवले सवारी ज्यान कसुर मुद्दामा मृतकको नजिकको हकदार (पीडित पक्ष) ले पाउनुपर्ने कृया खर्च तथा क्षतिपुर्ति बापतको रकम उपलब्ध गराउन सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचनाका आधारमा आयोगको कार्यालय, बर्दिबासबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको क्रममा अशोक कुमार यादव र दिनेश प्रसाद साहको आपसी मिलेमतोमा सवारी दुर्घटनामा मृत्यु भए पश्चात् नियमानुसार प्राप्त गर्नुपर्ने काजकृया तथा क्षतिपूर्ति उपलब्ध गर्न गराउन सहजीकरण गर्ने गराउने प्रयोजनका लागि सो घुस माग गरिएको देखिएको आयोगले जनाएको छ ।

आयोगका अनुसार भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम उनीहरु दुई जनाविरुद्ध बिगो रकम २० हजार रुपियाँ कायम गरी जरिवाना सजाय हुन मागदाबी लिइ  विशेष अदालत, काठमाडौंमा सोमबार आरोपपत्र दायर भएको छ ।

२०८१ पुस १ गते सोमवार १८:५९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु