"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

जनताको आशा अनुसार सरकारले काम गर्न सकेनः गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जनताको आशा अनुसार वर्तमान सरकार चल्न नसकेको बताएका छन् ।

शुक्रबार काठमाडौँमा कैलाश कोइरालाद्वारा लिखित शास्त्र उपन्यासको विमोचन समारोहपछि सञ्चारकर्मीसँग कुरा गर्दै थापाले सरकारको गठनको उद्देश्य अनुसारको काम हुन नसकेको र जनताको आशा अनुसार सरकार चल्न नसकेको बताएका हुन् ।

थापाले सरकारको फेरबदल अहिले नहुने तर सरकारले अहिले गर्न नसकेका कामका बारेमा प्रधानमन्त्री सचेत रहनुपर्ने धारणा राखे । रवि लामिछानेको विषय अदालतमा प्रवेश गरिसकेकाले यस विषयमा आफूले कुनै टिका टिप्पणी नगर्ने उनको भनाइ छ ।

त्यसअघि उपन्यास विमोचन कार्यक्रममा थापाले कांग्रेस पार्टीका नेताहरूको चिन्ता केवल २०८२ सालमा हुने महाधिवेशन र २०८४ मा हुने निर्वाचनमा मात्रै केन्द्रित भएको टिप्पणी गरे

२०८१ पुस ५ गते शुक्रवार १७:२१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु