"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

पूर्वराजालाई बालेनले तोके ७ लाख ९३ हजार जरिवाना

काठमाडौं, चैत १६ गते । काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई सात लाख ९३ हजार जरिवाना तोकेको छ ।

काठमाडौं–३२ तीनकुनेमा शुक्रबार पूर्व राजाको पक्षमा भएको प्रदर्शनका क्रममा सार्वजनिक स्थानमा फोहोर मैला गरेको, सार्वजनिक सम्पत्ति तोडफोड गरी क्षति गरेको, भौतिक संरचना भत्काएको, निजी सम्पत्तिमा हानी गरेकोसहितका शीर्षकमा महानगरले पूर्वराजा शाहको नाममा शनिबार जरिवाना पत्र काटिएको हो ।

महानगरद्वारा शनिबार जारी जरिवानासम्बन्धी पत्रमा विभिन्न शीर्षकमा सो रकमको जरिवाना तोकेको हो । हिजो (शुक्रबार) तीनकुनेमा भएको प्रदर्शनलाई लिएर महानगरले छुट्टाछुट्टै जरिवाना तिराउने निर्णय गरेको छ ।

यी हुन् महानगरले पूर्वराजासँग मागेको जरिवानाका शीर्षक
१) कोटेश्वर क्षेत्रको सडक तथा सडकपेटीमा जथाभावी फोहोरमैला गरेको– १ लाख
२) महादेवस्थान क्षेत्रको सडक तथा सडकपेटीमा जथाभावी फोहोरमैला गरेको– १ लाख
३) तीनकुने क्षेत्रको सडक तथा सडकपेटीमा जथाभावी फोहोरमैला गरेको– १ लाख
४) जडीबुटी क्षेत्रको सडक तथा सडकपेटीमा जथाभावी फोहोरमैला गरेको– १ लाख
५) बालकुमारी क्षेत्रको सडक तथा सडकपेटीमा जथाभावी फोहोरमैला गरेको– १ लाख
६) सिनामंगल क्षेत्रको सडक तथा सडकपेटीमा जथाभावी फोहोरमैला गरेको– १ लाख
७) महानगरको दमकल फुटाएको– १ लाख ३० हजार
८) तीनकुने क्षेत्रको रुख, बिरुवा र रेलिङ तोडफोड– ४० हजार
९) तीनकुनेको आइल्याण्डमा तोडफोड– २३ हजार

२०८१ चैत १६ गते शनिवार १७:२० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु