"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

उपभोक्ता समितिको रकम सांसदकाे श्रीमतीको खातामा जम्मा गर्ने स्वकीय सचिव पक्राउ

काठमाडौँ। महोत्तरी निर्वाचन क्षेत्र ४ (ख) का प्रदेशसभा सदस्य सरोजकुमार सिंहका स्वीकय सचिव विनोदकुमार लाल कायस्थ पक्राउ पर्नुभएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाका अनुसार सिंह समेतले विभिन्न उपभोक्ता समितिहरु गठन गरेको देखाइ उक्त उपभोक्ता समितिको खातामा दाखिला भएको रकम आफ्नो निजी सचिव विनोदकुमार लाल कायस्थमार्फत झिकी झिक्न लगाइ उक्त रकम आफ्नो र श्रीमतीको खातामा बैङ्क दाखिला गर्न लगाएको आरोप लागेको छ ।

आयोगका अनुसार ६५ वर्षीय कायस्थलाई जेठ १२ गते अपरान्ह १ बजे धनुषा, जनकपुर उपमहानगरपालिकाबाट पक्राउ गरी थप अनुसन्धान भइरहेको छ ।

सिंहले प्रयोग गर्दै आएको विद्युतीय उपकरणसमेत कब्जामा लिइ आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको आयोगले जनाएको छ ।

२०८२ जेठ १३ गते मंगलवार १७:३० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु