"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

देशभरका ७ राजमार्ग अवरुद्ध, ६ घण्टाभित्र सडक खुलाउने गरी काम गर्न मन्त्री घिसिङको निर्देशन

काठमाडौं। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले अवरुद्ध बनेका सडकहरू विशेष परिस्थितिमा बाहेक ६ घण्टाभित्र सडक खुल्ने गरी काम अगाडी बढाएको बताएका छन् ।

यातायात व्यवस्था पूर्ण रूपमा अस्तव्यस्त भएपछि ऊर्जा तथा भौतिक पूर्वाधार मन्त्री कुलमान घिसिङले शनिबार मन्त्रालयमा सरोकारवाला निकायहरूको आकस्मिक बैठक बोलाएर तत्काल समस्या समाधानका लागि निर्देशन दिएका छन् ।

शुक्रबार साँझदेखि निरन्तर पहिरो खसिरहेकाले सडक पूर्ण रूपमा अवरुद्ध छ। सबैभन्दा बढी समस्या नारायणगढ-मुग्लिन सडक खण्डको तुइनखोला पुल नजिक देखिएको छ। पहिरो पन्छाउने प्रयास जारी रहे पनि लगातारको वर्षा र माथिबाट झरिरहेको लेदोले काम गर्न कठिनाइ भइरहेको छ।

२०८२ असोज ४ गते शनिवार १७:१३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु