"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

प्रधानमन्त्री कार्कीलाई ९ मन्त्रालय, अर्थमन्त्रीलाई जिम्मेवारी थप, गृहमन्त्री अर्यालको कटौती

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले दोस्रोपटक मन्त्रिपरिषद् विस्तार गरेकी छिन् । यसअघि उनले कुलमान घिसिङ, ओमप्रकाश अर्याल र रामेश्वर खनाललाई नियुक्त गरेकी थिइन् ।

सोमबार थप चार मन्त्रीले शपथग्रहण गरेका छन् ।

प्रधानमन्त्री कार्कीले परराष्ट्र र रक्षासहित ९ मन्त्रालयको जिम्मेवारी लिइएको छिन् । मन्त्रीहरु रामेश्वर खनाल र ओमप्रकाश अर्यालको विभागीय जिम्मेवारी थप र कटौती गरेकी छन् ।

अर्थमन्त्री रामेश्वर खनाललाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी थपिएको छ भने गृहमन्त्री ओमप्रकाश अर्याललाई कानुन मन्त्रालयको जिम्मेवारी कटौती गरेर नवनियुक्त अनिलकुमार सिन्हालाई दिइएको छ। अब अर्यालले गृह मन्त्रालयको मात्र जिम्मेवारी सम्हाल्नेछन् ।
मन्त्रिपरिषद् ८ सदस्यीय भएको छ ।

कसलाई कुन मन्त्रालय ?

सुशीला कार्की

–प्रधानमन्त्री

–परराष्ट्र मन्त्रालय

–रक्षा मन्त्रालय

–खानेपानी मन्त्रालय

–महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय

–युवा तथा खेलकुद मन्त्रालय

–वन तथा वातावरण मन्त्रालय

–श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय –संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय

–स्वास्थ्य तथा जनसंख्या मन्त्रालय ।

रामेश्वर खनाल :

–अर्थ मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय

कुलमान घिसिङ :

–ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय

–भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालय

–शहरी विकास मन्त्रालय

ओमप्रकाश अर्याल

– गृह मन्त्रालय

अनिलकुमार सिन्हा 

–उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय

–कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय

–भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय

महावीर पुन

–शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय

जगदिन खरेल

–सूचना, सञ्चार तथा प्रविधि मन्त्रालय

मदन परियार

–कृषि तथा पशुपन्छी विकास मन्त्रालय

२०८२ असोज ६ गते सोमवार १७:१५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु