हाम्रो मुख्य बटमलाइन पूरा नभइ कुनै हालतमा निर्वाचनमा जादैनौं: मिरज ढुंगाना
काठमाडौं । जेनजी युवा मिरज ढुंगानाले आफूहरूका मुख्य बटमलाइन पूरा नभइ कुनै हालतमा निर्वाचनमा नजाने प्रष्ट पारेका छन् ।
शनिबार राजधानीमा पत्रकार सम्मेलन आयोजना गर्दै उनले आफूहरूले दल खोल्ने निर्वाचनमा जाने उद्देश्यका लागि मात्रै नभएको बताएका छन् ।
उनले विशेषगरी प्रत्यक्ष निर्वाचित कार्यकारी र विदेशमा रहेका नेपालीले मतदान गर्न पाउनुपर्ने माग पूरा नभइ निर्वाचनमा नजाने बताए । उनले भने, ‘हामी चुनावमा जाने भनेर पार्टी खोल्न लागेका होइनौँ। भिडले देश विकास हुँदैन, कि एनजिओ खोल्नुपर्यो कि पार्टी नै खोल्नुको विकल्प छैन। हामीले यो आन्दोलनलाई छाडेर जान मिल्दैन।’उनले सबै बाहिर भएका समूहरूलाई संगठित भएर अघि बढ्न पनि आग्रह गरे ।
‘बटमलाइन पूरा नभइ हामी चुनावमा जाने तयारीमा छैनौं । गर्दैनौं,’ ढुंगानाले भने, ‘प्रत्यक्ष कार्यकारी निर्वाचित कार्यकारीको मुद्दा हाम्रो एउटा बटमलाइन हो । जसलाई सुन्नैपर्छ ।’
उनले थप भने, ‘विदेशमा भएका नेपालीलाई भोट हाल्ने व्यवस्था हुनैपर्छ ।
२०८२ कात्तिक १ गते शनिवार १७:१८ बजे प्रकाशित























