हर्क साम्पाङ नेतृत्वको ‘श्रम संस्कृति पार्टी’लाई दल दर्ताको प्रमाणपत्र
काठमाडौं । धरानका मेयर हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले निर्वाचन आयोगबाट आधिकारिक मान्यता पाएको छ। साम्पाङले आज आयोग पुगेर दल दर्ताको प्रमाणपत्र ग्रहण गरेका हुन्।
निर्वाचन आयोगले दर्ता स्वीकृत गरेको श्रम संस्कृति पार्टीको चुनाव चिन्ह ‘माटो’ तोकिएको छ।
पार्टीमा २८ जना केन्द्रीय सदस्य र पाँच जना पदाधिकारी रहेका छन्। जसअनुसार उपाध्यक्ष, देवराज लामा, महासचिव: आर्यन राई, कोषाध्यक्ष : समिता राई, प्रवक्ता: अरुण गुरुङ रहेका छन्।
गत असोज १२ गते (आइतबार) साम्पाङ स्वयं निर्वाचन आयोग पुगेर दल दर्ताका लागि निवेदन दिएका थिए। आयोगले आवश्यक प्रक्रिया पूरा गरेपछि दललाई आधिकारिकता प्रदान गरेको हो।
२०८२ कात्तिक १६ गते आइतवार १७:१४ बजे प्रकाशित






















