"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

१२ वटा समूह एक ठाउँमा आइसक्यौं, अब एमाले छोडेर सबै हाम्रो पार्टीमा आउँछन् : प्रचण्ड

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) ले नेकपा एमाले छोडेर सबै नेताहरू आफ्नो पार्टीमा समाहित हुने दाबी गरेका छन्।

यो दाबी उनले भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियानसँगको सहमति पत्रमा हस्ताक्षर कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै गरेका हुन्।

प्रचण्डले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई ‘हावादारी कुरा गर्ने’ बताउँदै, एमाले छोडेर सबै नेताहरू नेपाली कम्युनिस्ट पार्टीमा आउने उल्लेख गरे। उनले हालसम्म १२ वटा राजनीतिक दल र समूहहरू नेपाली कम्युनिस्ट पार्टीमा समाहित भइसकेका बताएका छन्।

‘१२ वटा समूह एक ठाउँमा आइसक्यौं। केपीले हावा कुरा गर्छन्, एमाले छोडेर सबै यता आउँछन्,’ प्रचण्डले भने।

गत कात्तिक १९ गते, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) सहित विभिन्न राजनीतिक दल र समूहहरूले नेपाली कम्युनिस्ट पार्टीमा एकीकरण गरेका थिए।

२०८२ कात्तिक २६ गते बुधवार १७:३५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु