रावलसँगै थप अर्काे समूह पनि नेपाली कम्युनिस्ट पार्टीमा समाहित
काठमाडौं । नेकपा एमालेबाट अलग भएर ‘मातृभूमि जागरण अभियान’ सञ्चालन गर्दै आएका भीम रावल र नेपाल कम्युनिस्ट पार्टी (श्रमजिवी) का महासचिव प्रमोद नारायण यादव औपचारिक रूपमा नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएका छन् ।
काठमाडौंको राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रममा उनीहरूलाई पार्टीमा स्वागत गर्दै समायोजनको घोषणा गरिएको हो ।
यसअघि रावलले नेपाली कम्युनिस्ट पार्टीसँग सात बुँदे सहमति गरेका थिए । उक्त सहमति पत्रमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सह–संयोजक माधवकुमार नेपाल र मातृभूमि जागरण अभियान नेपालका तर्फबाट भीम रावलले हस्ताक्षर गरेका छन् ।
सहमति हस्ताक्षर पश्चात् राष्ट्रिय सभा गृहमै आयोजित विशेष कार्यक्रममा एकता घोषणा गरिएको हो ।
२०८२ कात्तिक २६ गते बुधवार १७:२९ बजे प्रकाशित






















