"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

नवपुस्ताको जनभावना अनुरूप काम गर्न गृहमन्त्री अर्यालको निर्देशन

काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले नवपुस्ताको जनभावना अनुरूप काम गर्न कर्मचारीलाई निर्देशन दिएको छन्। आइतबार गृहमन्त्रालयमा आयोजित गृहसचिव रामेश्वर दङ्गालको अध्यक्षतामा बसेको नियमित ‘एसएमटी बैठकमा विशेष उपस्थिति जनाउदै मन्त्री अर्यालले सम्पूर्ण कर्मचारीले एक्टिभिष्ट जसरी आ–आफ्नो जिम्मेवारी निर्वाह गरी सम्पूर्ण ध्यान निर्वाचन र यसको तयारीमा लाग्न समेत निर्देशन दिए ।

“अहिलेको सरकार भनेको कै निर्वाचनको सरकार भएकोले हामीलाई पुरानै संरचना र ऐन नियममा रहेरभन्दा पनि प्रविधिको प्रयोग गर्दै चुनावलाई अझ बढी सहभागिता मुलक बनाएर जनतालाई आफ्नो मताधिकारको सुनिष्चितता कायम गर्ने गरि जिम्मेवारी बहन गर्न निर्देश गर्दछु”, मन्त्री अर्यालले बैठकमा भने।

मन्त्री अर्यालले विभागीय प्रमुखलाई आ–आफ्नो मातहतका कार्यालयको जिम्मेवारी प्रभावकारी ढङ्गबाट सम्पादन गर्न निर्देशन गर्दै भने, बढीभन्दा बढी कर्मचारीले पनि जनसरोकारको विषयमा चासो राख्ने र सम्बन्धित ठाउँमै पुगेर सेवाग्राहीको काम गर्न र परिवर्तनको अनुभूति महशुस गर्ने गरी सेवा प्रवाहमा लाग्न निर्देशन गर्दछु।

उनले गृह मन्त्रालयमा स्थापना गरिएको जेनजी समन्वय समिति र पीडितहरूका गुनासा बढी सुन्न र सम्बोधन गर्न सकिएमात्रै बाहिर अरूले बनाउने गलत र भ्रमपूर्ण भाष्यलाई मन्त्रालयले चिर्न समेत मातहतका निकायलाई निर्देशन दिए।

बैठकमा गृहमन्त्री अर्यालले घाइतेको राहत कार्यविधि छिट्टै टुङ्ग्याउने र जेनजी घाइतेलाई फिल्डमै राहत कार्ड वितरणमा गर्न समेत आदेश दिए।

गृह सचिव रामेश्वर दङ्गालले मन्त्रालयले र आफू मातहतका कर्मचारीले गर्नु भएको कार्यसम्पादनमा आफू सन्तुष्ट नै रहेको र मन्त्रालयको जिम्मवारी सम्हालेपछि दर्जन बढी नियमावली जस्तै राष्ट्रिय परिचयपत्र नियमावली, सशत्र प्रहरी नियमावली लगायत संशोधन भइसकेका र नागरिकता नियमावली पनि अन्तिम चरणमा पुगेको बैठकमा जानकारी दिए।

सचिव दङ्गालले मातहतका प्रमुखलाई मन्त्रालयको तत्काल सुधार कार्ययोजनालाई प्राथमिकतामा राखी काम गर्न पनि निर्देशन दिए। भदौ २३ गतेको घटनापछि मन्त्रालयमा काम गर्ने शैलीमा हिजोभन्दा आज आकाश जमिनको फरक आएको बताउँदै, कर्मचारीलाई त्यसै अनुरूपको भावना कायम राख्न निर्देशन दिए।

बैठकमा मन्त्रालय अन्तर्गतका रहनु भएका विभागीय प्रमुख, महाशाखा र शाखा प्रमुखहरूले आफ्नो क्षेत्रका प्रगति र वस्तुस्थितिबारे जानकारी गराएको थिए।

२०८२ कात्तिक ३० गते आइतवार १६:५६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु