"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

दुर्गा प्रसाईं समर्थित दल दर्ता: २७ सदस्यीय केन्द्रीय समिति, जोडी पाइला चुनाव चिन्ह प्रस्ताव

काठमाडौं । नागरिक बचाउ दलले २७ सदस्यीय केन्द्रीय समितिसहित निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएको छ। पार्टी सभापतिमा झापा निवासी माधव प्रसाद खतिवडा प्रस्तावित छन्, उपसभापतिमा ईश्वरी प्रसाद भट्टराई र देवीप्रसाद संग्रौला छन्।

महामन्त्री प्रेम कुमार थाम्सुहाङ, सहमहामन्त्री विष्णु बोहोरा क्षेत्री, कोषाध्यक्ष सुष्मा रेग्मी रिजाल र प्रवक्ता प्रेम थापा मगर रहेका छन्।

पार्टीले माथि सेतो, तल रातो र बीचमा तारा अंकित चारकुने झण्डा र चुनाव चिन्हको रूपमा जोडी पाइला प्रस्ताव गरेको छ। सभापति खतिवडाले भने, “हामी भुइँ मान्छेका पुजारी हौं, त्यसैले भुइँ मान्छेको समृद्धिका लागि जोडी पाइला चुनाव चिन्ह रोजेका छौं।”

दुर्गा प्रसाईंको नाम केन्द्रीय समितिमा समावेश नभएको विषयमा खतिवडाले स्पष्ट पारे, “महत्त्वपूर्ण व्यक्तिले पर्दा पछाडि बसेर भूमिका खेलिरहेको हुन्छ। त्यसलाई त्यसैगरी बुझ्नुहोला।”

२०८२ कात्तिक ३० गते आइतवार १७:०१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु