मन्थलीमा बाघको आक्रमणबाट महिलाको मृत्यु
Compressed by jpeg-recompress
रामेछाप। रामेछापको मन्थली नगरपालिका-९, पुरानागाउँमा गएराति बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही वडाकी वर्षकी ६६ गङ्गामाया तामाङ रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रमुख भोलाकुमार भट्टले जानकारी दिए।
उनका अनुसार महिलाको शव क्षतविक्षत अवस्थामा स्थानीयले फेला परेपछि प्रहरीलाई जानकारी गराएका थिए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
२०८२ मंसिर १३ गते शनिवार १६:५१ बजे प्रकाशित























