"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

महामन्त्रीद्वय गगन र विश्वप्रकाशले गरे कांग्रेस विशेष महाधिवेशनको उद्घाटन

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले उद्घाटन गरेका छन्। उनीहरूले पानसमा बत्ती बालेर भृकुटीमण्डपस्थित महाधिवेशनस्थल उद्घाटन गरेका हुन्।

उद्घाटनका लागि पार्टी सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई उपस्थित गराउने प्रयास भए पनि उनीहरू नआएपछि महामन्त्रीद्वयले उद्घाटन गरेका हुन्।

उद्घाटनअघि ललितपुरको कुपण्डोल र काठमाडौंका सुन्धारा, रत्नपार्क, पद्मकन्या क्याम्पसचोक, शंकरदेव क्याम्पस, कमलपोखरीबाट कार्यकर्ताहरूले नारा लगाउँदै र्‍याली भृकुटीमण्डपतर्फ निकालेका थिए।

२०८२ पुस २७ गते आइतवार १६:२२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु