"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

प्रधानमन्त्री कार्की राप्रपाको चियापान कार्यक्रममा सहभागी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको चियापान कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्की सहभागी भएकी छिन्।

कार्यक्रम अघि पार्टीका नेताहरूले पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्दै सम्मान प्रकट गरेका थिए। आधुनिक नेपाल एकीकरणको नेतृत्वकर्ता पृथ्वीनारायण शाहको सम्झनामा हरेक वर्ष २७ पुसलाई पृथ्वीजयन्तीका रूपमा मनाइन्छ।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, पूर्वअध्यक्ष कमल थापा लगायत थुप्रै नेता–कार्यकर्ता र राजावादीहरूको पनि उपस्थिती रहेको थियो। कार्यक्रममा अध्यक्ष लिङ्देन र अन्य नेताहरूले रक्तदान पनि गरेका छन्।

२०८२ पुस २७ गते आइतवार १६:२४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु