"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

स्वास्थ्य बिमा सुधारका कार्यक्रम ल्याउँछौँ : मन्त्री गौतम

लेखनाथ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा सुधा गौतमले सरकारले स्वास्थ्य बिमा सुधारका कार्यक्रम ल्याउने बताउनुभएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको सोमबार भएको दशौँ स्थापना दिवसमा उहाँले अहिलेकै प्रकृतिको बिमा सरकारको बजेटले धान्न नसक्ने उल्लेख गर्नुभयो ।

“यो नेपाल सरकारको बजेटले धान्नेभन्दा धेरै टाढा छ,” उहाँले भन्नुभयो, “यसमा ११ अर्ब बजेट रहेकोमा त्योभन्दा बाहेक ११ अर्ब पनि खर्च भइसकेको छ । बिमा सदुपयोग भएको छ कि दुरुपयोग, त्यो पनि सोचौँ ।” सबै नेपालीले बिमा गर्ने अपेक्षामा सुरु गरिएको कार्यक्रममा अधिकांश औषधोपचारमै रहेकाहरु आवद्ध भएको उहाँको भनाइ छ ।

स्वास्थ्य बिमाका सेवाहरुको शुल्क उच्च राखिएकोतर्फ इङ्गित गर्दै उहाँले आवश्यकभन्दा बढी जाँच माग गर्ने बिरामी, लेखिदिने चिकित्सकका कारण पनि समस्या थपिएको जनाउनुभयो । “सबैले बिमा गर्लान्, त्यसमा हुनेहरु र निरोगीले तिरेको पैसाले रोगीहरुको उपचार होला भनी सोचिएको थियो तर त्यसो हुन सकेन,” उहाँले भन्नुभयो । मन्त्री गौतमले सरकारले बिमा सुधारका कार्यक्रम ल्याउने तयारी गरेको जनाउनुभयो ।

प्रतिष्ठानकी सहकुलपतिसमेत रहनुभएकी मन्त्री गौतमले अस्पताल र प्रतिष्ठान दुवैलाई प्रभावकारी बनाउन सरहकारले यथोचित सघाउने वाचा गर्नुभयो । उहाँले भन्नुभयो, “भवनहरु अन्तिम चरणमा पुगेर अलपत्र बनेको देखियो, केही काम तत्कालै गर्नुपर्ने खालका छन् । त्यसमा सरकारले तदारुकताका साथ निर्णय लिनेछ ।”

स्वास्थ्य मन्त्रालयका सचिव डा विकास देवकोटाले शैक्षिक कार्यक्रम र अस्पतालका सेवा विस्तारसँगै ती सेवाको निरन्तरता र गुणस्तरमा ध्यान दिन आग्रह गर्नुभयो । प्रतिष्ठानका उपकुलपति प्राडा भरतबहादुर खत्रीले प्रतिष्ठानको एक दशकको यात्रामा पहिलो पटक स्थापना दिवस मनाइएको जनाउँदै अब बर्सेनि यस्तो कार्यक्रम बर्सेनि गर्ने बताउनुभयो । अस्पतालमा पूर्वाधार निर्माण र शैक्षिक कार्यक्रमको गुणस्तर वृद्धि मुख्य कार्यभार भएको भनाइ छ ।

“एमबिबिएसको गुणस्तर कायम गर्नु मुख्य काम हो, होस्टेल सुरु गरेकै छैनौँ,” उहाँले भन्नुभयो, “नर्सिङ टिनको छाप्रोमा पढाइरहेका छौँ । पूर्वाधार बनाउँदै, गुणस्तर कायम गर्दै अघि बढ्नुपर्ने छ ।” प्रतिष्ठानका निर्देशक सहप्राडा प्रेमराज पंगेनीले कतिपय विभागमा जनशक्ति हुँदा पनि पूर्वाधार अभावमा अपेक्षित सेवा दिन नसकिएको स्वीकार्नुभयो । आन्तरिक स्रोतबाटै ठूलो जनशक्ति व्यवस्थापन गरेको प्रतिष्ठानले पूर्वाधार निर्माणमा जोड दिए पनि सरकारको यथोचित साथ बिना कठिनाई पर्ने बताउनुभयो ।

“भर्खरै ५० बेडको आकस्मिक सेवा सुरु गरेका छौँ, मेडिकल ब्लक, शल्यक्रिया विभाग र स्त्री तथा प्रसूतिमा बेड कम छन्,” उहाँ भन्नुहुन्छ, “बिरामी फर्काउनुपर्ने, सेवा दिन सकस हुने अवस्था पनि छ ।” अस्पतालको आइसियु १० बाट ३५ शड्ढयामा स्तरोन्नति गर्ने तयारी भएको छ भने चाँडै बाँझोपनको उपचार सेवासमेत थाल्ने तयारी छ ।

प्रतिष्ठानका डिन सहप्राडा डेबिड श्रेष्ठले शिक्षा, उपचार र अनुसन्धानलाई सँगसँगै लगिएको जनाउनुभयो । सहप्राडा विद्या बास्तोलाले यो प्रतिष्ठानलाई देशकै नमुना बनाउने गरी योजनावद्ध रुपमा काम भइरहेको औंल्याउनुभयो । कार्यक्रममा प्रतिष्ठान ३० वर्षभन्दा बढी सेवा गर्ने कर्मचारी र चिकित्सक गरी ३५ जनालाई दीर्घसेवा सम्मान गरिएको छ । सोही समारोहमा विभिन्न शैक्षिक कार्यक्रममा उत्कृष्ट बन्ने विद्यार्थीसमेत सम्मानित बने ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान २०७२ सालमा व्यवस्थापिका संसदबाट पारित भएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७२” मार्फत तत्कालीन पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई स्तरोन्नति गरी स्वायत्त शिक्षण तथा स्वास्थ्य संस्थाका रुपमा स्थापना भएको हो ।

२०७६ बाट शैक्षिक कार्यक्रम सुरु गरेको प्रतिष्ठानले स्नातक तहका एमबिबिएस, नर्सिण्ज्ञठण्, जनस्वास्थ्य, एलाइड हेल्थ साइन्सेज, डिएम-एमसिएच जस्ता विशेषज्ञ कार्यक्रम चलाएको छ । प्रतिष्ठानको शिक्षण अस्पताल पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पाँच सय शड्ढयाको छ । दुई सय सात रोपनीमा रहेको अस्पतालमा करिब सात सय कर्मचारी छन् ।

२०८२ माघ १२ गते सोमवार १७:१८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु