"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

नेपालमै अवसरको पहिचान गर्न युवा विद्यार्थीहरुलाई प्रधानमन्त्री कार्कीको आह्वान

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नेपालमा नै अवसरको पहिचान गर्न र स्वदेशमै बसेर मुलुक निर्माण गर्न युवा विद्यार्थीहरूलाई आह्वान गरेकी छन्।

आइतबार नेपाल खुल्ला विश्वविद्यालयको पहिलो दीक्षान्त समारोहमा उनले मुलुकका समस्याबाट भाग्ने नभइ डटेर सामना गर्नुपर्नेमा जोड दिइन्। अवसर नभएका ठाउँमा नयाँ अवसर सिर्जना गरेर नेपालले गर्व गर्ने नागरिक बन्न आग्रह गरेकी छन्।

समारोहमा प्रधानमन्त्री कार्की विश्वविद्यालयको कुलपति पनि भएकाले, उनले विज्ञान, स्वास्थ्य तथा प्रविधि, सामाजिक शास्त्र र शिक्षा, व्यवस्थापन र कानुन सङ्कायका ५४५ विद्यार्थीलाई दीक्षित गरेकी छन्। तीमध्ये १९१ विद्यार्थीले समारोहमा उपस्थिती जनाएका थिए। उनले स्नातक र स्नातकोत्तर तहमा उत्कृष्टता हासिल गर्ने विद्यार्थीलाई कुलपति पदक समेत वितरण गरिन्।

२०८२ माघ ११ गते आइतवार १७:१५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु