"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

निर्वाचन आचारसंहिता उल्लङ्घनमा २१ वटा स्पष्टीकरण सोधियो

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घनका विषयमा हालसम्म राजनीतिक दल, उम्मेदवार, व्यक्ति तथा संस्थासँग २१ वटा स्पष्टीकरण सोधेको छ। आयोगले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमा माघ ५ गतेदेखि लागू आचारसंहिता कार्यान्वयनको अवस्थाबारे जानकारी दिएको हो।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार माघ १४ गतेसम्म सोधिएका स्पष्टीकरणमध्ये पाँचवटाको जवाफ प्राप्त भएको छ भने बाँकीको ताकेता भइरहेको छ। आचारसंहिता अनुगमनका लागि अधिकृतसमेत तोकिसकिएको उनले बताए।

आचारसंहिता उल्लङ्घन हुने गरी फैलाइएका मिथ्या तथा घृणास्पद अभिव्यक्तिमाथि निगरानी गर्न आयोगले निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्र स्थापना गरेको छ। सो इकाईले पहिचान गरेका ३०२ वटा हानिकारक सूचनाहरू सम्बन्धित कानुनअनुसार कारबाहीका लागि निकायहरूमा पठाइएको आयोगले जनाएको छ।

आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन हुँदैछ।

२०८२ माघ १५ गते बिहीवार १७:३३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु