"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

निर्वाचन आयोगले काठमाडौं महानगरलाई सोध्यो स्पष्टीकरण

काठमाडौँ । निर्वाचन आयोगले काठमाडौं महानगरपालिकालाई पत्र लेखेर स्पष्टीकरण मागेको छ। आयोगले सोधेको विषय महानगरपालिकाले ७० वर्ष र सोभन्दा माथिका नागरिकलाई घर(घरमा गई आधारभूत स्वास्थ्य सेवा प्रदान गर्न सुरु गरेको कार्यक्रम हो।

निर्वाचन आचारसंहिता २०८२ लागू भइसकेपश्चात महानगरपालिकाको यो कार्यक्रम, आचारसंहिता उल्लंघन हुनसक्ने शङ्कामा आयोगले पत्रमार्फत स्पष्टिकरण मागेको हो। आयोगका अनुसार, कार्यबाहक नगर प्रमुखले दिएको अभिव्यक्तिको श्रव्यदृश्य सामग्री प्राप्त भएको छ।

निर्वाचन आचारसंहिता २०८२ को दफा ५, खण्ड (क), उपखण्ड (ग) अनुसार, वार्षिक बजेट तथा कार्यक्रममा स्वीकृत नभएको नयाँ कार्यक्रम सञ्चालन गर्न नहुने प्रावधान छ। तर, सरुवा रोगको महामारी वा अपरिहार्य परिस्थितिमा आयोगको स्वीकृति लिएर कार्यक्रम सञ्चालन गर्न पाइने व्यवस्था पनि छ।

अत: आयोगले महानगरपालिकालाई सोधेको छ कि, कार्यबाहक नगरप्रमुखले सुरु गरेको कार्यक्रम वार्षिक बजेट तथा कार्यक्रममा परेको कार्यक्रम हो वा होइन, र सोको सम्बन्धित कागजात आयोगमा पेश गर्न। आयोगले पत्रमा उल्लेख गरेको छ, “यदि उक्त कार्यक्रम वार्षिक बजेट तथा कार्यक्रममा परेको भए, प्रमाणित प्रति यो पत्र प्राप्त भएको दुई दिनभित्र आयोगमा पेश गर्नु हुन अनुरोध छ।”

२०८२ माघ २० गते मंगलवार १७:१७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु