"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

यस्तो छ बालेन शाह र केपी ओलीबिच प्रतिस्पर्धा हुने झापा–५ को मतपत्र (नमुनासहित)

काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गत झापाको निर्वाचन क्षेत्र नम्बर ५ मा देशव्यापी चासो बढेको छ । यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा काठमाडौँ महानगरपालिकाका पूर्व मेयर बालेन्द्र (बालेन) शाह र नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीबीच कडा प्रतिस्पर्धा हुँदैछ ।

निर्वाचन आयोगका अनुसार यस क्षेत्रमा प्रमुख दुई उम्मेदवारसहित २२ जना अन्य उम्मेदवार मैदानमा छन् । आयोगले सार्वजनिक गरेको प्रत्यक्षतर्फको मतपत्र नमुनामा एमालेको ‘सूर्य’ चिन्ह अगाडि रहेको छ भने कांग्रेसको ‘रुख’, नेकपाको ‘पाँचकुने तारा’, रास्वपाको ‘घण्टी’ र राप्रपाको ‘हलो’ पहिलो लहरमा छन् ।

यस निर्वाचन क्षेत्रमा विभिन्न दलका साथै चार जना स्वतन्त्र उम्मेदवार पनि प्रतिस्पर्धामा छन् ।

1-Jhapa_5nn_page-0001

२०८२ माघ २१ गते बुधवार १७:१२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु