"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

४२ जेनजी सहिद परिवारलाई मासिक २१ हजार ८ सय पेन्सन, १० वर्षलाई पुग्ने रकम अग्रिम निकासा

काठमाडौँ । सहरी विकास मन्त्रालयले भदौ २३–२४ गतेको आन्दोलनमा मृत्यु भएका ४२ व्यक्तिका परिवारलाई मासिक २१,८०० रूपैयाँ दरले पेन्सन निकासा गरेको छ। आन्दोलनका क्रममा कुल ७६ जनाको मृत्यु भएको थियो, जसमा तीन जना प्रहरी पनि थिए।

मन्त्रालयका प्रवक्ता नारायण रेग्मीका अनुसार प्रहरी बाहेकको ४२ जनाको परिवारलाई १० वर्षका लागि आवश्यक रकम पुनर्निर्माण कोषबाट निकासा गरिएको हो। उनले भने, “उहाँहरूलाई मासिक २१,८०० र वर्षमा १३ महिनाको दरले १० वर्षको लागि करिब ११ करोड ९० लाख २८ हजार रूपैयाँ आवश्यक पर्छ।”

यो रकम निकासाका लागि अर्थ मन्त्रालयसँग छलफल भए तापनि मन्त्रालयले अर्थ मन्त्रालयको स्वीकृति बिना नै पुनर्निर्माण कोषबाट रकम निकासा गरेको छ। अर्थ मन्त्रालयका प्रवक्ता टङ्कप्रसाद पाण्डेयले भने, “राहतका लागि कुनै पनि फाइल अर्थ मन्त्रालयले स्वीकृत गरेको छैन।”

२०८२ माघ २१ गते बुधवार १७:१४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु