"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

अध्यक्ष ओली झापा पुगे, एक साता झापामै रहने

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली शुक्रबार निर्वाचन क्षेत्र झापा पुगेका छन्। उनी चन्द्रगढी विमानस्थल हुँदै झापा पुगेका हुन्।

विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष ओलीले यसपटक झापा पूर्ण रूपमा एमालेमय हुने विश्वास व्यक्त गरे। झापाली जनताको माया र समर्थन एमालेप्रति रहेको उल्लेख गर्दै उनले झापालाई “सूर्यमय” बनाउन सबै नेता–कार्यकर्ता तथा समर्थकलाई आ–आफ्नो स्थानबाट योगदान गर्न आग्रह गरे।

अध्यक्ष ओली आगामी एक साता झापामै रहने बताइएको छ।

२०८२ माघ २३ गते शुक्रवार १७:०६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु