"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

सुनिल थापालाई चलचित्र विकास बोर्डमा राखेर चलचित्रकर्मीले दिए अन्तिम श्रद्धाञ्जली

काठमाडौं । अभिनेता सुनिल थापालाई आइतबार चलचित्रकर्मी, संगीतकर्मी र शुभेच्छुकहरूले अन्तिम श्रद्धाञ्जली दिएका छन्। उनका पार्थिव शरीरलाई दिउँसो चलचित्र विकास बोर्डमा राखेर श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिएको थियो।

कार्यक्रममा पाका कलाकारहरू नीर शाह, शम्भुजीत बास्कोटा लगायत कांग्रेस उपसभापति विश्वप्रकाश शर्मा र थुप्रै फिल्मकर्मी तथा संगीतकर्मीले पुष्पगुच्छा चढाएर श्रद्धाभाव व्यक्त गरेका थिए।

सो अवसरमा बाजा र सलामीसहित थापालाई बोर्डले सम्मान पनि प्रदान गरेको थियो। अहिले उनका पार्थिव शरीरलाई अन्त्येष्टिको लागि शवयात्रासहित पशुपति आर्यघाटतर्फ लगिँदैछ।

थापाको शव पहिले नर्भिक अस्पतालबाट चलचित्र विकास बोर्डमा राखिएको थियो। मुम्बईमा रहेका उनका परिवार नेपाल आएपछि अन्त्येष्टि गर्ने तयारी गरिएको थियो। अभिनेता सुनिल थापाको शनिबार बिहान ६८ वर्षको उमेरमा हृदयघातको कारण निधन भएको थियो।

२०८२ माघ २५ गते आइतवार १७:४३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु