"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

रेशम चौधरी उम्मेदवार हुन नपाउने

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी, नेपालका संरक्षक रेशम चौधरी कैलाली–१ बाट उम्मेदवार हुन नपाउने भएका छन्।

उनले दायर गरेको रिट निवेदनमाथि आइतबार सुनुवाइपछि सर्वोच्च अदालतले उनको पक्षमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो।

कैलाली–१ का निर्वाचन अधिकृतले उनका उम्मेदवारी खारेज गर्ने निर्णय गरेका थिए। रेशम चौधरीले यस निर्णयविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए, तर सर्वोच्चले निर्वाचन अधिकृतको निर्णय यथावत् राखेको छ।

यस अनुसार रेशम चौधरी यस चुनावमा उम्मेदवारी दर्ता गर्न असफल भएका हुन्।

२०८२ माघ २५ गते आइतवार १७:५१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु