"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

स्कुल भ्यान दुर्घटना : २४ घाइते, चारको अवस्था गम्भीर

बागलुङ। बागलुङको मध्यपहाडी राजमार्गबाट स्कुल भ्यान खसेको छ । बागलुङमा बागलुङ नगरपालिका–१, रामरेखामा सञ्चालित न्यू एभरेस्ट एकेडेमी स्कुलको विद्यार्थी बोकेको भ्यान लोकमार्गदेखि रात्माटा जाँदैगरेको भ्यान दुर्घटना भएको हो।

बागलुङ नगरपालिका–३ स्थित नेपाल भाषा मङ्काखल बागलुङको भवननजिकै न्यू एभरेस्ट एकेडेमी स्कुलको ग. ३ च. ८६२१ नम्बरको भ्यान दुर्घटना भएको छ । दुर्घटनमा २४ जना घाइते भएको प्रहरी उपरीक्षक तिलक भारतीले जानकारी दिनुभयो । घाइतेमध्ये चारको अवस्था गम्भीर रहेको भारतीले जानकारी दिनुभयो । घाइतेको उद्धार गरी धौलागिरि अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

२०८२ माघ २९ गते बिहीवार १८:२७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु