"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

जुम्लामा ७७ हजार प्रत्यक्ष र ८० हजार समानुपातिक मतपत्र आईपुग्यो

जुम्ला। जुम्लामा प्रतिनिधिसभा निर्वाचनका लागि मत पत्र आईपुगेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाले मतपत्र पुगेको जानकारी गरेको हो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत हरिकृष्ण तिमिल्सेनाका अनुसार जुम्लाका लागि प्रत्यक्ष तर्फको ७७ हजार र समानुपातिकको ८० हजार मतपत्र आईतवार जुम्ला आईपुगेको छ । उनकाअनुसार सो मतपत्र पेटीमा आएकाले मिलाउन बाँकी रहेको छ ।

फागुन २१ गते हुने निर्वाचनका लागि जुम्लाको मतदाता संख्या ७१ हजार सात सय ३९ रहेको छ । मतदाता भन्दा बढि प्राय गरि १० प्रतिशत मत बढि पठाईने गरिएकाले मतदाता भन्दा केही मत बढि आएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

कार्यालयले निर्वाचनका लागि दुईवटा अस्थायी मतदान केन्द्र बाहेक १०८ वटा मतदान केन्द्रमा ६४८ जना कर्मचारी खटाईसकेको छ ।

२०८२ फागुन ४ गते सोमवार १७:३० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु