झापा–५ मा मतपेटिका संकलन हुँदै, सर्वदलीय बैठकको निर्णयपछि मतगणना सुरु
काठमाडौं । झापा निर्वाचन क्षेत्र नम्बर ५ मा मतदान सकिएसँगै मतपेटिका संकलनको काम भइरहेको छ। निर्वाचन कार्यालयका अनुसार आजै सर्वदलीय बैठक बस्नेछ र बैठकको निर्णयपछि मात्रै मतगणना सुरु हुनेछ।
हाल मतदान केन्द्रबाट मतपेटिका सिल गर्ने प्रक्रिया भइरहेको छ। झापा–५ यसपटक सर्वाधिक चासोको विषय बनेको निर्वाचन क्षेत्र हो, जसमा मतदाताको सहभागिता उच्च देखिएको छ।
२०८२ फागुन २१ गते बिहीवार १७:२८ बजे प्रकाशित























