"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

विश्वकै सबैभन्दा प्रदूषित सहरको पहिलो स्थानमा काठमाडौँ

काठमाडौँ । अन्तर्राष्ट्रिय वायु प्रदूषण मापन संस्था ‘आईक्यू एयर’का अनुसार काठमाडौँ विश्वकै सबैभन्दा बढी वायु प्रदूषण हुने सहरको सूचीमा पहिलो स्थानमा पुगेको छ।

पछिल्लो अद्यावधिक तथ्याङ्कअनुसार काठमाडौँको वायु गुणस्तर सूचकाङ्क ‘आईक्यू एयर’१८४ पुगेको छ, जुन जनस्वास्थ्यका दृष्टिले ‘अस्वस्थ’ श्रेणीमा पर्छ। आज काठमाडौँ उपत्यकाको आकाश बाक्लो तुवाँलोले ढाकिएको छ भने सर्वसाधारणले प्रत्यक्ष रूपमा प्रदूषणको असर महसुस गरिरहेका छन्। धेरैले आँखा पोल्ने, घाँटी चिलाउने तथा श्वासप्रश्वासमा असहजता हुने समस्या अनुभव गरिरहेका छन्।

काठमाडौँपछि ढाका (ङ्गलादेश) १७० एक्यूआईसहित दोस्रो स्थानमा रहेको छ भने कोलकाता (भारत) १६९ एक्यूआईसहित तेस्रो स्थानमा रहेको छ।

विज्ञहरूका अनुसार बढ्दो सवारी साधनको चाप, सडक विस्तारका क्रममा उड्ने धुलो तथा पछिल्लो समय देशका विभिन्न भागमा लागिरहेको वन डढेलोका कारण काठमाडौँको हावा थप प्रदूषित बन्दै गएको हो।

चिकित्सकहरूका अनुसार यस्तो अवस्थामा विशेषगरी बालबालिका, वृद्धवृद्धा तथा पहिलेदेखि नै दम वा मुटुसम्बन्धी समस्या भएका व्यक्तिहरूका लागि स्वास्थ्य जोखिम झन् बढी रहने गर्दछ।

२०८२ फागुन २५ गते सोमवार १७:४६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु