"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

नवनिर्वाचित सांसदहरूको शपथ र बैठक बहुउद्देश्यीय हलमा हुने

काठमाडौँ । प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरूको पद तथा गोपनीयताको शपथ ग्रहण र प्रारम्भिक बैठकहरू सिंहदरबारभित्र पुतली बगैँचामा बन्न लागेको नयाँ संसद् भवनको बहुउद्देश्यीय हलमा हुने भएका छन्।

नयाँ भवनमा बैठकको लागि बनाइएको हल तत्काल तयार नहुँदा सङ्घीय संसद् सचिवालयले वैकल्पिक हल प्रयोग गर्ने तयारी गरेको छ। सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीका अनुसार, शपथ ग्रहण र प्रारम्भिक बैठकहरूका लागि बहुउद्देश्यीय हल ३ दिनभित्र तयार हुने अपेक्षा गरिएको छ।

प्रवक्ता गिरीले भने, ‘पुतली बगैँचामा बन्न लागेको नयाँ भवनमा प्रतिनिधिसभाको बैठक बस्नको लागि बनाइँदै गरेको हल तत्काल निर्माण सम्पन्न हुने अवस्था छैन। त्यसैले शपथ ग्रहण र प्रारम्भिक बैठकहरूका लागि बहुउद्देश्यीय हल तयार गरिरहेका छौँ। यो हल अहिले सचिवालयको प्रयोगका लागि बनाइएको हो।’

संसद् भवनको स्थायी बैठक हल कहिले निर्माण सम्पन्न हुन्छ भन्ने अझै निश्चित छैन। गत फागुन २१ गते भएको निर्वाचनबाट नयाँ सांसदहरू निर्वाचित भएका हुन्, तर शपथ ग्रहण र पहिलो बैठकको मिति अझै टुंगोमा पुगेको छैन।

२०८२ चैत ३ गते मंगलवार १७:३१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु